डिफेन्डरले बनाए ह्याट्रिकको नयाँ कीर्तिमान, पिएसजीको शानदार जित

बुधबार, १५ कार्तिक २०७४, १९ : ५६
डिफेन्डरले बनाए ह्याट्रिकको नयाँ कीर्तिमान, पिएसजीको शानदार जित


लेभिन कुर्जावा चम्किँएपछि नेइमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति कुर्जावाले च्याम्पियन लिगकै इतिहासमा पहिलो ह्याट्रिक गरेपछि पिएसजीले एन्डरलेच्टलाई ५–० फराकिलो अन्तरमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर समेत बनेका छन्। उनले दोस्रो हाफको ५२, ७२ र ७८ मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पुरा गरे।

यस खेलमा नेइमार र मार्को भेराटीले पनि एक(एक गोल गरेका थिए। भेराटीले ३० र नेइमारले पहिलो हाफको निर्धा्रित पछि थप गरिएको ४ मिनेटमा गोल गरेका थिए।

कुर्जावाले च्याम्पियन्स लिगमा ह्याट्रिकको कीर्तिमान बनाएपछि यसको श्रेय सबै साथीहरुलाई दिए। ‘यो साथी भाईको कारण सम्भव भयो। सबै धन्यबादका पात्र छन्। म निकै खुसी छु। यसले मेरो आत्मविश्वासलाई चुल्याएको छ,’ उनले खेल सकिएपछि भने।

पिएसजीले समूह चरणको खेलमा सर्वा्धिक गोल गर्ने कीर्तिमान पनि बनाएको छ। उसले ४ खेलमा १७ गोल गरिसकेको छ। यसअघि १९९८–९९ को सिजन म्यानचेस्टर युनाइटेडले समूह चरणको खेलमा १६ गोल गरेको थियो।

अहिलेसम्म भएका सबै चार खेल जितेको पिएसजीको १२ अंक भएको छ। उसले दुई खेल बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

समूह ‘बी‘ अन्तर्गत अर्को खेलमा वायर्न म्युनिखले पनि सेल्टिकलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश गर्‍यो। वायर्नले ९ अंक बटुल्दै दोस्रो चरणमा आफूलाई उभ्याएको हो।

प्रतिक्रिया दिनुहोस