एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमण बढ्न नदिन सबै अमेरिकीलाई मास्क लगाउन आग्रह गरेका छन् । लामो समयपछि कोरोना भाइरसबारेको दैनिक प्रेस ब्रिफिङ सुरु गर्दै ह्वाइट हाउसमा मंगलबार भएको ब्रिफिङ्गमा उनले मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भएकाले सबैले लगाउनुपर्नेमा जोड दिए ।
यसअघिसम्म लगातार मास्क लगाउनु नलगाउनु आफ्नो स्वतन्त्रता भएको बताउदैं आएका उनले अब सबैलाई मास्क लगाउन आव्हान गर्ने बताए । गत अप्रिलमा कोरोना भाइरसको उपचार मानिसको शरीर डिस्इन्फेक्ट गर्न इन्जेक्सन लगाए हुने बताएपछि ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको नियमित ब्रिफिङ्ग बन्द गरेका थिए ।
झण्डै तीन महिनापछि उनले ह्वाइट हाउसमा ब्रिफिङ्गमा गर्दै भने, ‘दूर्भाग्यवस यो महामारी सुधार हुनु पूर्व खराब भएको हुन सक्छ ।’ उनले भने, ‘हामीले सबैसँग यो आग्रह गर्छौँ की सामाजिक दूरी कायम गर्न नसक्ने अवस्थामा मास्क लगाउनु होला । मास्क तपाईँलाई मन परोस् या नपरोस्, त्यसको प्रभाव छ । त्यसको प्रभाव हुनेछ र हामीले सम्भव भएका सबै प्रयास अपनाउनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ साउन २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै, जिनपिङसँग विशेष वार्ता हुने
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह