औपचारिक रुपमा रहेन अब सरिता गिरीको सांसद पद

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १५ : ५१
औपचारिक रुपमा रहेन अब सरिता गिरीको सांसद पद

काठमाडौँ । औपचारिक रुपमा अब सरिता गिरीको सांसद पद गुमेको छ । समाजवादी पार्टीकी सांसद गिरीको पद अब औपचारिक रुपमा गुमेको संघीय संसद सचिवालयले जनाएको छ । 

समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो।संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् । 

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस