क्वारेन्टिनमा बसेका युवाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १४ : ०२
क्वारेन्टिनमा बसेका युवाको मृत्यु

प्रतिकात्मक फोटो

बागलुङ । निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले मृतक युवा केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका र उनको आइतबार बिहान मृत्यु भएको जानकारी दिए ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिए । उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि दाहसंस्कार गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस