Safal Khabar - क्वारेन्टिनमा रहेका युवाको मृत्यु
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
क्वारेन्टिनमा रहेका युवाको मृत्यु
आइतबार, २१ असार २०७७, १० : १६

गलकोट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । 

भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आईतबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।

लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ ।  उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस