क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, १२ : ५९
क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

प्रतिकात्मक फोटो

कैलाली । गोदावरी नगरपालिका वडा नम्बर १० मा होमक्वारेन्टिनमा बसेकी एक जना महिलाको शुक्रबार राति मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए । जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होमक्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

प्यारालाइसिस र रक्तचापको समस्याले पीडित मृतक महिलाको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको र रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस