एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर फेरि चीनमाथि धावा बोलेका छन् । ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइररसलाई चिनियाँ प्लेगको संज्ञा दिदैं उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको आरोप लगाए । ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौँ । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पार्यो’, ट्रम्पले भने ।
यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन आक्रोशित बनेको थियो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न चेतावनी दिएका थिए ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ । कोरोना भाइरसबाट प्रभावित हुने राष्ट्रहरु मध्ये अमेरिका अग्रणी स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै, जिनपिङसँग विशेष वार्ता हुने
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह