एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर फेरि चीनमाथि धावा बोलेका छन् । ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइररसलाई चिनियाँ प्लेगको संज्ञा दिदैं उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको आरोप लगाए । ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौँ । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पार्यो’, ट्रम्पले भने ।
यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन आक्रोशित बनेको थियो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न चेतावनी दिएका थिए ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ । कोरोना भाइरसबाट प्रभावित हुने राष्ट्रहरु मध्ये अमेरिका अग्रणी स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि आक्रमणको सम्भावना अस्वीकार
राष्ट्रपति ट्रम्प-प्रधानमन्त्री ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’ को घोषणा
‘उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो’- राष्ट्रपति ट्रम्प
राष्ट्रपति ट्रम्पले भने-‘बिदामा रहेका संघीय कर्मचारीहरूले पारिश्रमिक नपाउन सक्छन्’
टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत