सालनालसहित चितवनमा नवजात शिशु मृत अवस्थामा भेटियो

रासस

विहीबार, ११ असार २०७७, १५ : ५०
सालनालसहित चितवनमा नवजात शिशु मृत अवस्थामा भेटियो

सांकेतिक तस्विर

चितवन । भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । 

सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न  भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । 

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  (रासस)