क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु

रासस

सोमबार, ०८ असार २०७७, २० : ५२
क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु

मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।

क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको  गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो । भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो  ।  मृत्युको कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस