बलिउड अभिनेत्री सोनाक्षी सिन्हा भईन् सामाजिक संजाल ट्वीटरबाट अलबिदा

एजेन्सी

आइतबार, ०७ असार २०७७, १० : ०४
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा भईन् सामाजिक संजाल ट्वीटरबाट अलबिदा

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा  आफ्नो ट्वीटर हयाण्डल बन्द गरेकी छिन् । नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको सोनाक्षीले बताएकी छन् ।

उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीन पोष्ट गर्दैै लेखेकी छिन्, ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु । मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’

सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन् । उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में । अलविदा ट्वीटर ।’

प्रतिक्रिया दिनुहोस