मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ ।
कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिनुभयो । जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ असार २०७७, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै