क्वारेन्टिनमै जन्मियो शिशु

रासस

सोमबार, ०१ असार २०७७, २० : ५६
क्वारेन्टिनमै जन्मियो शिशु

काठमाडौं । वाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माउनुभएको छ । निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नुभएकी २१ वर्षीया रैमती विकले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताउनुभयो ।  

बाह्र दिनदेखि क्वारेन्टिनमा रहनुभएकी युवतीले छोरालाई जन्म दिनुभएको हो । सुत्केरीका  श्रीमान्समेत क्वारेन्टिनमा रहनुभएको छ । भारतको पञ्जावबाट आएका श्रीमान् श्रीमती गत जेठ २९ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि रिपोर्ट आएको छैन ।

प्रतिक्रिया दिनुहोस