थप ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १०४१ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १६ : २४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १०४१ पुगेको छ । यसमध्ये महिला १०४ जना र पुरुष ९३७ जना रहेका छन् ।