क्वारेन्टिनमा शिशुको जन्म

शनिबार, ३१ जेठ २०७७, १० : ३८
क्वारेन्टिनमा शिशुको जन्म

file photo

प्युठान । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएको हुन्।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले गए राति १ बजे क्वारेन्टिनमै छोरा जन्माएकी छन् । उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस