थप १६ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ८७७ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १६ : ३०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ८७७ पुगेको छ ।