काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।
तर मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकार दिए ।
त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।
यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १८ : १४
लेखकबाट थप