हेटौँडा । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।
प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ जेठ २०७७, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
भुपेन्द्र खत्री सहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बाक्लो हिउँ परेपछि सिमकोट सर्यो लिमी प्रहरी चौकी
चितवनका ३ ईन्सपेक्टरको सरुवा
प्रहरीको ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढ्यो