सरिता गिरीलाई कारबाही गर्ने तयारीमा समाजवादी पार्टी

पत्रपत्रिकाबाट

विहीबार, २९ जेठ २०७७, ०६ : ४९
सरिता गिरीलाई कारबाही गर्ने तयारीमा समाजवादी पार्टी

काठमाडौँ l नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार आपत्तिजनक अभिव्यक्ति र पछिल्लोपटक यसको विरोधमा संसद्मा संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको संसद् पद गुम्न सक्ने खतरा देखिएको छ ।

गिरीले बुधबार दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिए उनीमाथि कारबाही गरिने तत्कालीन समाजवादी पार्टीले बताइसकेको छ । तर, गिरीले आफू आफ्नो अडानमा कायमै रहेको बताएकी छिन् । योसँगै नक्सा संशोधन खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी सांसद गिरीलाई पार्टीले कारबाही गर्ने सम्भावना बढेको हो ।

‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस्,’ डा. बाबुराम भट्टराईले ट्विटमार्फत संकेत दिएका छन् । नयाँ पत्रीका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस