सरिता गिरीले संशोधन फिर्ता नलिए पार्टीले कारबाही गर्ने

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १९ : २५
सरिता गिरीले संशोधन फिर्ता नलिए पार्टीले कारबाही गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशाेधन फिर्ता लिन निर्देशन दिएको छ ।

बुधवार साँझ समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले एक विज्ञप्ति जारी गर्दै पार्टीको संसदीय दलको निर्देशन बिना संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिन निर्देशन दिएका छन् । ‘यस निर्देशन पालना नगरेमा तपाईलाई पार्टीले कारवाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस