महोत्तरीमा क्वारेन्टिनका सरसामानसहित ४० जना फरार

रासस

मंगलबार, २७ जेठ २०७७, १२ : ४६
महोत्तरीमा क्वारेन्टिनका सरसामानसहित ४० जना फरार

साङ्केतिक फोटो

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट  सरसामान सहित ४० जना फरार भएका छन् । 

भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए । उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।   

उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस