क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

शनिबार, २४ जेठ २०७७, ११ : १७
क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो। उनी दमको बिरामी रहेको बुझिएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस