क्वारेन्टिनबाट घर फर्केका युवाको कोरोनाको कारण निधन, कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, ०९ : २९
क्वारेन्टिनबाट घर फर्केका युवाको कोरोनाको कारण निधन, कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । सुर्खेतमा मृत्यु भएका युवकमा आरडिटी परिक्षणमा कोरोना पोजेटिभ पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा आरडीटी परिक्षणमा नेगेटिभ देखिएपछि घर फर्केका युवाको बिहिबार राति निधन भएको थियो । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक रहेका छन् । मृत्यु भईसकेपछि उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ रहेको पाईएको छ ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको हो ।  जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आएपछि संस्कार गरिने बताईएको छ । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको परिक्षणमा तीन जनालाई पोजेटिभ देखिएको छ । 

प्रतिक्रिया दिनुहोस