क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, ११ : १९
क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

धनगढी । बैतडीमा क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु भएको छ ।  पुर्चौडी नगरपालिका–४ भटनामा रहेको मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षे सुनिता लोहारको मगलबार मृत्यु भएको हो ।

उनको  कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी  भइरहेको  छ ।  मृतक लोहार मुटु रोगको बिरामी रहेको बताइएको छ । मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् । मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस