विदेशमा रहेका नेपाली ल्याउने सरकारको यस्तो बन्यो योजना !

दैनिक ३ हजार देखि ३५ सय सम्मलाई ल्याउने, पहिलो सूचिमा युएईमा रहेका २८ सुत्केरी महिलासहित कुवेतमा लकडाउनकै अवधीमा माफी पाएका २ देखि ३ हजार घरेलु कामदार

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ०८ : ३०
विदेशमा रहेका नेपाली ल्याउने सरकारको यस्तो बन्यो योजना !

काठमाडौं । विदेशमा श्रम गर्न पुगेका र कोभिड- १९ का कारण रोजगारी गुमेका नेपालीलाई अन्ततः सरकारले स्वदेश लयाउने कार्ययोजनालाई आन्तिम  रुप दिएको छ ।

हिजो शुक्रवार बसेको कोभिड - १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कार्ययोजनालाई अन्तिम रुप दिई प्रधानमन्त्री केपिओलीसमक्ष बुझाएको छ । प्रधानमन्त्री ओलीले पनि उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनालाई सहमति दिईसकेका छन् ।

विदेशवाट कोभिड १९ का कारण झण्डै २० लाख हाराहारीका नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ । भारतबाट स्थलमार्ग हुदै कम्तीमा साढे ३ लाख र अन्य तेश्रो मुलकुबाट हवाई मार्गबाट थप १० लाख हाराहारीका नेपालीहरु स्वदेश फर्किने सरकारको अनुमान छ ।

यही वीच सरकारलाई विदेशमा रहेका आफ्ना  नागरिक फिर्ता ल्याउन दवाब पनि परेको छ । त्यसैको तयारीका लागि सरकारले विगत एक महिनायता अनेक छलफल र तयारी गरिरहेको थियो । प्रधानमन्त्री ओलीले देशबासीका नाममा गरेको पछिल्लो सम्वोधनमा पनि विदेशमा रहेका नेपालीलाई विस्तृत कार्ययोजना सहित स्वदेश ल्याउने आदेश दिईसकेको बताएका थिए ।

सोही अनुरुप शनिवारको उच्चस्तरीय समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिएको हो ।  सरकारले विदेशवाट तीन चरणमा नेपालीलाई लइाउने योजना बनाएको छ । जसमध्ये पहिलो  चराणको तयारी पूरा गरेको हो । पहिलो चरणमा सुत्केरी, अपाङ, विरामी र अप्ठायारामा परेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ ।

अत्यन्त संबेदनशील अवस्थामा संसारभर रहेका नेपालीहरुलाई पहिलो चरणमा, दोश्रो चरणमा रोजगारी गुमाएका र देश फर्कन चाहनेहरु र तेश्रो चरणमा विदामा स्वदेश आउन चाहनेहरुलाई ल्याउने गरी सरकारले तीन चरणको योजना बनाएको छ । जसमध्ये अहिले पहिलो चरणकालाई ल्याउन सरकारले चाहेको हो ।

यस्तो संख्या २५ हजार हाराहारीको रहेको अनुमान सरकारले गरेको छ । त्यसको तयारीका लागि सातवटै प्रदेशमा घोषणा गर्दै  सरकारले तयारी थालेको हो ।

यूएई, कतार माल्दिस र वंगलादेशमा रहेका नेपाली पहिलो प्राथमिकतामा परेका छन् । दैनिक ३ हजार देखि ३५ सय सम्मलाई ल्याउने र त्यसका लागि कतिलाई यतैबाट जाहाज पठाएर ल्याउने र कतिपयलाई उतैवाट जाहाजमा ल्याउने तयारीमा सरकार छ ।

पहिलो चरणका लागि एक साता देखि १० दिनभित्र नेपाल ल्याईसक्ने गरी सरकारले कार्ययोजना बनाएको छ । पहिलो सूचिमा युएईमा रहेका २८ जना सुत्केरी, कुवेतमा लकडाउनकै अवधीमा माफी पाएका २ देखि ३ हजार घरेलु कामदार लाई ल्याउने गरी सरकारले तयारी गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

विदेशवाट त्यसरी ल्याइने नेपालीलाई काठमाडौ, ललितपुर, भक्तपुर र धुलिखेलमा क्वारेन्टाइनमा राख्ने तयारी सरकारले गरेको छ । उनीहरुलाई कम्तीमा १४ दिन उपत्यकाका तीन जिल्ला र काभ्रेको धुलिखेलमा समेत राखेर परिक्षण गराएर मात्र घर पठाउने योजना सरकारले बनाएको छ ।

पहिलो चरणको उद्दार कार्य सकिएपछि मात्रै दोश्रो चरणको कार्ययोजना बनाइने र त्यसपछि मात्र थप चरणमा उदारको काम हुने सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस