काठमाडौं । विदेशमा श्रम गर्न पुगेका र कोभिड- १९ का कारण रोजगारी गुमेका नेपालीलाई अन्ततः सरकारले स्वदेश लयाउने कार्ययोजनालाई आन्तिम रुप दिएको छ ।
हिजो शुक्रवार बसेको कोभिड - १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कार्ययोजनालाई अन्तिम रुप दिई प्रधानमन्त्री केपिओलीसमक्ष बुझाएको छ । प्रधानमन्त्री ओलीले पनि उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनालाई सहमति दिईसकेका छन् ।
विदेशवाट कोभिड १९ का कारण झण्डै २० लाख हाराहारीका नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ । भारतबाट स्थलमार्ग हुदै कम्तीमा साढे ३ लाख र अन्य तेश्रो मुलकुबाट हवाई मार्गबाट थप १० लाख हाराहारीका नेपालीहरु स्वदेश फर्किने सरकारको अनुमान छ ।
यही वीच सरकारलाई विदेशमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन दवाब पनि परेको छ । त्यसैको तयारीका लागि सरकारले विगत एक महिनायता अनेक छलफल र तयारी गरिरहेको थियो । प्रधानमन्त्री ओलीले देशबासीका नाममा गरेको पछिल्लो सम्वोधनमा पनि विदेशमा रहेका नेपालीलाई विस्तृत कार्ययोजना सहित स्वदेश ल्याउने आदेश दिईसकेको बताएका थिए ।
सोही अनुरुप शनिवारको उच्चस्तरीय समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिएको हो । सरकारले विदेशवाट तीन चरणमा नेपालीलाई लइाउने योजना बनाएको छ । जसमध्ये पहिलो चराणको तयारी पूरा गरेको हो । पहिलो चरणमा सुत्केरी, अपाङ, विरामी र अप्ठायारामा परेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ ।
अत्यन्त संबेदनशील अवस्थामा संसारभर रहेका नेपालीहरुलाई पहिलो चरणमा, दोश्रो चरणमा रोजगारी गुमाएका र देश फर्कन चाहनेहरु र तेश्रो चरणमा विदामा स्वदेश आउन चाहनेहरुलाई ल्याउने गरी सरकारले तीन चरणको योजना बनाएको छ । जसमध्ये अहिले पहिलो चरणकालाई ल्याउन सरकारले चाहेको हो ।
यस्तो संख्या २५ हजार हाराहारीको रहेको अनुमान सरकारले गरेको छ । त्यसको तयारीका लागि सातवटै प्रदेशमा घोषणा गर्दै सरकारले तयारी थालेको हो ।
यूएई, कतार माल्दिस र वंगलादेशमा रहेका नेपाली पहिलो प्राथमिकतामा परेका छन् । दैनिक ३ हजार देखि ३५ सय सम्मलाई ल्याउने र त्यसका लागि कतिलाई यतैबाट जाहाज पठाएर ल्याउने र कतिपयलाई उतैवाट जाहाजमा ल्याउने तयारीमा सरकार छ ।
पहिलो चरणका लागि एक साता देखि १० दिनभित्र नेपाल ल्याईसक्ने गरी सरकारले कार्ययोजना बनाएको छ । पहिलो सूचिमा युएईमा रहेका २८ जना सुत्केरी, कुवेतमा लकडाउनकै अवधीमा माफी पाएका २ देखि ३ हजार घरेलु कामदार लाई ल्याउने गरी सरकारले तयारी गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
विदेशवाट त्यसरी ल्याइने नेपालीलाई काठमाडौ, ललितपुर, भक्तपुर र धुलिखेलमा क्वारेन्टाइनमा राख्ने तयारी सरकारले गरेको छ । उनीहरुलाई कम्तीमा १४ दिन उपत्यकाका तीन जिल्ला र काभ्रेको धुलिखेलमा समेत राखेर परिक्षण गराएर मात्र घर पठाउने योजना सरकारले बनाएको छ ।
पहिलो चरणको उद्दार कार्य सकिएपछि मात्रै दोश्रो चरणको कार्ययोजना बनाइने र त्यसपछि मात्र थप चरणमा उदारको काम हुने सरकारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा विदेशबाट नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
विदेशमा अध्ययनरत नेपालीबाट बाहिरियो करिब ४३ अर्ब
किन सधैँ विमान विदेश डाइभर्ट ?
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि