रुकुममा मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, १५ : २१
रुकुममा मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग

फाइल फाेटाे

काठमाडौंं । एकताका कहीँ कतै कोही मारिँदा सहिद घोषणा गर्न माग गर्ने फेसनजस्तै बनेको थियो । धेरै समयपछि अहिले फेरि गाउँको एक घटनामा मारिएका दलित युवालाई सहिद घोषणा गर्नु पर्ने माग गरिएको छ । रुकुममा मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गर्ने अरु कोही नभएर प्रतिनिधि सभा सदस्य अर्थात् सांसद नै हुन् ।

सांसद विमला नेपालीले रुकुममा गत जेठ १० गते मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गरेकी छिन् । 
बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउँदै बिहेका लागि कानूनले कुनै जात नचिन्ने र मात्र २० वर्ष उमेर भएको चिन्ने बताउँदै सो घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेकी हुन् ।

उनले भनिन्–‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस् । संसदीय छानविन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गरियोस भन्ने माग गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस