काठमाडौं । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई निुयक्त गरिएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या १८ वटा कायम गर्ने निर्णय गरेको छ । बैठकले सरकारको कार्य सम्पादन नियमावलिलाई परिर्वतन गरि मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यालय सहित १८ हुने गरि कायम गर्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस