सलमानको फार्म हाउसमा ज्याकलिनको फोटोसुट

सोमबार, ०५ जेठ २०७७, १७ : ०५
सलमानको फार्म हाउसमा ज्याकलिनको फोटोसुट

एजेन्सी । यतिबेला अभिनेत्री ज्याकलिन फर्नान्डिजको लकडाउन अभिनेता सलमान खानका साथ उनकै पनवेल फार्महाउसमा बितिरहेको छ । लकडाउन लम्बिदै गएपछि ज्याकिलनले आफ्ना कामहरू पनि फार्महाउसबाटै सुुरु गर्न थालिसकेकी छिन् । हालै मात्रै उनले ‘बजार’ म्यागजिनको डिजिटल कभरका लागि फार्महाउसमै फोटोसुट गराइन् । सलमानको घोडासँग उभिएर गराइएको यो फोटोसुटको अहिले सोसियल मिडियामा चर्चा छ ।

हारपरको बजार म्यागजिनले आफ्नो इन्स्टाग्राममा डिजिटल अंकको कभर सेयरसमेत गरेको छ जसलाई ज्याकलिनले रिपोस्ट गरेकी छिन् । कभर सेयर गर्दै म्यागजिनले छ, ‘लकडाउन लम्बिने खबर आएसँगै हामीले ज्याकलिनलाई एउटा यस्तो कभर क्रिएट गर्न भन्यौ जसलाई देखेर सबैलाई खुुसी मिलोस् ।

एक्ट्रेस अचेल पनवेल फार्महाउसमा छिन् जहाँ उनी फेरि प्रकृतिसँग जोडिएकी छिन् ।बजारसँगको अन्तर्वार्तामा ज्याकलिनले भनेकी छिन्, ‘मलाई खुुसी छ कि म फार्महाउमा सुरक्षित र आराम छु । म अहिले यहाँबाट जेजति गर्न सक्छु, त्यो सबै सहयोग गरिरहेकी छु । ’

प्रतिक्रिया दिनुहोस