कोरोनाबाट मृतक महिलाका शिशुसहित परिवारका सबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १० : ४१
कोरोनाबाट मृतक महिलाका शिशुसहित परिवारका सबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्य तथा उनका १३ दिने शिशु समेतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

मृतक महिलाका सबै परिवारका  रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिए । शिशुसहित परिवारका सबैलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन्। गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस