विवादित ‘एमसीसी’ घुसाएको भन्दै नीति तथा कार्यक्रममा नेता भिम रावलको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०७७, २१ : ४५
विवादित ‘एमसीसी’  घुसाएको भन्दै नीति तथा कार्यक्रममा नेता भिम रावलको आपत्ति

काठमाडौँ । नेकपाका नेता भिम रावलले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विवादमा रहेका बेला त्यससम्बन्धी परियोजना सरकारको नीति तथा कार्यक्रममा  घुसाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपाका स्थायी समिति सदस्य समेत नेता रावलले नीति तथा कार्यक्रम कोरोना संक्रमणका विरुद्ध केन्द्रीत भएर स्वास्थ्य क्षेत्रको सुदृढिकरण गर्ने र लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा पर्नु अत्यन्त राम्रो भएपनि प्रतिनिधि सभामा नेपाल सरकार मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच अनुमोदन नहुदै सरकारको नीति तथा कार्यक्रममा घुसाइएको भन्दै गम्भीर आपत्ति जनाए । 

उनले पार्टीभित्र समेत विवादमा रहेको विषयको निरुपण नहुँदै नीति तथा कार्यक्रम आउनुलाई सरकारको गैरजिम्मेवार काम भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस