संक्रमण बढेपछि जर्मनीमा सामाजिक दूरी कायम गर्न कडाई

एजेन्सी

मंगलबार, ३० बैशाख २०७७, ११ : १०
संक्रमण बढेपछि जर्मनीमा सामाजिक दूरी कायम गर्न कडाई

एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाइपूर्वक पालना गर्न आग्रह गरेकी छन् ।
सामाजिक दूरीको नियम खुकुलो पारिएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि चान्सलर मर्केलले सामाजिक दुरीको नियम पालना गर्न आग्रह गरेकी हुन् । रोबर्ट कोच इन्स्टिच्युटको तथ्यांकअनुसार सोमबार जर्मनीमा १ सयभन्दा बढी कोरोना संक्रमित देखिएका थिए ।

यो संक्रमणदरलाई कम गर्ने कोशिस भइरहेको छ। संक्रमण बढेपछि लकडाउन पालन गर्न कडाई गरिने समेत उनले जनाएका छन् । जर्मनीमा १ लाख ७० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेका छ भने करिब साढे ७ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस