म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता

पत्रपत्रिकाबाट

मंगलबार, ३० बैशाख २०७७, ०८ : ११
म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता

काठमाडौं । म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् । 

कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् । 

अहिले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस