बाह्र घरेबाट उद्दार गरिएकी महिलाको चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

प्रकाश सिग्देल

सोमबार, २९ बैशाख २०७७, १८ : ४७
बाह्र घरेबाट उद्दार गरिएकी महिलाको चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

चितवन । विगत ९ वर्षदेखि बन्द कोठाभित्रै बसेकी मानसिक समस्यामा रहेकी अम्बिका पराजुलीले चितवन मानव सेवा आश्रममार्फत निःशुल्क उपचार पाउनु भएको छ । 

नारायणगढको बाह्र घरेको एक घरमा विगत ९ वर्षदेखि भित्रै बसिरहनु भएकी मानसिक समस्यामा रहेकी उहाँलाई स्थानीय लेखनाथ पौडेल, यमलाल भण्डारी र रामप्रसाद अधिकारीले उद्दार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि लानु भएको थियो ।

आर्थिक रुपमा साह्रै दयानीय र मानसिक रुपमा पनि निकै अस्वस्थ ति महिलाको चितवन मानव सेवा आश्रममार्फत चितवन मेडिकल कलेजले निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धतासहित उपचार गरेको बिरामीको उपचारका लागि सहयोग गर्दै आउनु भएका यमलाल भण्डारीले बताउनु भयो ।

चितवन मानव सेवा आश्रमकी स‘ञ्चालिका डा ममता न्यौपानेले बिरामी र कुरुवाका लागि निःशुल्क खानासहित उपचारको व्यवस्था गर्नु भएको, औषधी उपचारमा अस्पतालले सेवा दिएको र बाँकी अरु खर्चमा आफूहरुले कम्वल डसना लत्ता कपडा लगायतका सामाग्री सहयोग गरेको अर्का सहयोगी लेखनाथ पौडेलले बताउनु भयो ।  

२६ वर्ष देखि चितवनमा श्रीमानसँगै बस्दै आउनु भएकी अम्बिका पराजुली विगत ९ वर्षदेखि मानसिक समस्या भएपछि उपचार गर्न नसकी एउटा काठाभित्रै बस्ने र बाहिर पनि ननिस्कने गरेको भन्ने आफूहरुले जानकारी पाएपछि त्यस ठाउँमा पुग्दा अवस्था साँच्चै दयानीय रहेकोे पाएपछी आफूहरुले उद्दार गरी अस्पताल लगेको उद्दारमा संलग्न रामप्रसाद अधिकारीले बताउनु भयो । 

विगतमा बेलचोकमा होटल गरी बसेको र हेटलबाटै १२ वर्ष अगाडि १३ वर्षको छोरी हराएर नभेटिएपछि श्रीमतीको मानसिक अवस्था जटिल बनेको उनका श्रीमान सोम पराजुलीले बताउनु भएको छ ।  

ती महिला एउटा फोहोरो र दुर्गन्धित कोठामा भित्रै बस्ने र श्रीमानले संकेत दिएपछि मात्रै ढोका खोल्ने गरेकोे नत्र अरु कुनै पनि मानिस आउँदा ढोका नखोल्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस