बढ्दै रेड जोनमा पर्ने मानिस : के हो रेड जोन ?

मंगलबार, २३ बैशाख २०७७, १८ : ०६
बढ्दै रेड जोनमा पर्ने मानिस : के हो रेड जोन ?

काठमाडौं । मुलुकभर रेड जोनमा पर्ने मानिसको संख्या बढ्दो छ । आजप्राप्त विवरण अनुसार कुल ३३० जना रेड जोनमा परेका छन् । आज दुई जना रेड जोनमा थपिएका छन् । 

रेड जोन भनेको कोभिड १९ को संक्रमण भएको हुन सक्ने आशंका गरिएका मानिस हुन् । उनीहरुको बारेमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिएर परीक्षण गर्ने र उनीहरुको नजिकको मान्छेको बारेमा ट्रेसिङ गर्ने गरिरहेको छ । 

उनीहरु सबै सम्भाववित संक्रमित भएको हुनसक्नाले उनीहरुको बारमो फलो भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । 
रेड जोनको क्रम भने बढ्दो छ । यसरी रेड जोनमा बस्नु भनेको शंकास्पमा संक्रमित हो । उनीहरुको बारेमा मन्त्रालयले ट्रेसिंग गरिरहेको छ । 

डा देवकोटाले अल्कोहल पिएर मानिसको मृत्यु भएको भन्ने विभिन्न माध्यामबाट थाहा पाएकाले यसले मानिसलाई हानी गर्ने तर कोरोनालाई रोक्ने भन्ने त कुरै नभएको बताए । घरमा एक्लै बस्दा थप बानी बस्न सक्ने भन्दै त्यसतर्फ ध्यान नदिई आफ्नो स्वास्थ्यमा ख्याल गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।  
६६ हजारको परीक्षण, २१ ह्जार क्वारेन्टाइनमा 

आज प्रयोगशालामा पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटीबाट ५२ हजार २२७ छ । २४ घण्टामा एक हजार ५०० जाँच भएको छ । कुल ६६ हजारको परीक्षण भएको छ । यस्तै २१ हजार क्वारेन्टाइनमा छन् । आईसोलेसनमा १२० जना रहेका छन् । 

कल सेन्टरमा आएको एक हजार ६९२ कलको सम्बोधन गरिएको छ । क्वारेन्टाइनमा हेकामा सिधा सम्पर्क गर्ने माध्याम हो । क्वारेन्टाइनमा बसेकाले सिधा सम्पर्क गरेर समस्या भनेमा सम्बोधन गरिएको छ । अहिलेसम्म स्वमुल्यांकन फारम भर्नेमा ३२ हजार पुगेको छ ।

आजमात्रै थप सात जनामा संक्रमण भएसँगै अहिलेसम्म ८२ जनामा रोग देखिएका छ । ६१ जना पुरुष र २१ महिला छन् । प्रदेश एक मा ३१, प्रदेश २ मा १३, प्रदेश नम्बर ५ मा २४ जना विरामी छन् । हाल ६६ जना उपचाररत छन् ।