मार्क्सवादका प्रणेता कार्ल मार्क्स : सहस्राब्दीको सबैभन्दा महान चिन्तक

सूर्यप्रकाश कँडेल

मंगलबार, २३ बैशाख २०७७, १७ : ०५
मार्क्सवादका प्रणेता कार्ल मार्क्स : सहस्राब्दीको सबैभन्दा महान चिन्तक

आज मे महिनाको पाँच तारिख । आजकै दिन सन् १८१८ मा कार्ल मार्क्सको जन्म भएको थियो । जर्मनीको पश्चिमी भाग राइन प्रान्तको ट्रियर नगरमा एक सभ्य यहुदी वकिल परिवारमा मार्क्सको जन्म भयो । उनको परिवार सम्पन्न र सुसंस्कृत थियो, तर क्रान्तिकारी विचारधाराको थिएन ।

मार्क्स बाल्यकालदेखि परिश्रमी र अध्ययनशील थिए । उनले बाल्यकालमा ट्रियर जिम्नेसियममा अध्ययन गरे । उनी त्यहाँका जेहेन्दार छात्र थियो । सानैदेखि उनको मनमा धेरै विचारहरू खेलिरहन्थ्यो । ट्रियरमा स्कुल शिक्षा समाप्त गरेपछि उनले पहिले बोनको र पछि बर्लिनको विश्वविद्यालयमा कानुन अध्ययन गरेर आफ्नो मुख्य समय इतिहास र दर्शनशास्त्रको अध्ययनमा लगाए । उनका बाबु उनलाई आफूजस्तै वकिल बनाउन चाहन्थे ।

सन् १८४१ मा उनले डक्टरेट डिग्री प्राप्त गरे । त्यसपछि उनी प्रोफेसर बन्न बर्लिन विश्वविद्यालय गए, तर त्यहाँको प्रतिक्रियावादी विचारनीतिले गर्दा उनले सफलता प्राप्त गर्न सकेनन् । सन् १८४२ मा राइन समाचार भन्ने अखबार निकाले आफ्नै सम्पादकत्वमा । यसले जनताको चेतनास्तर उकास्ने काम ग¥यो । सन् १८४३ मा सरकारले त्यसलाई बन्द गरिदियो ।

सन् १८४३ मा आफ्नो बाल्यकालकी साथी जेनी फोन वेस्ट फालेनसँग उनले विवाह गरे । उनी पर्सियाको प्रतिक्रियावादी दरबारिया परिवारबाट आएकी धनी र सामन्तकी छोरी थिइन् । त्यसै वर्ष उनी पेरिस गई राजनीतिशास्त्रको अध्ययन गर्र्न थाले । त्यहाँ उनको एंगेल्ससँग भेट भयो, र मित्रता गाँसियो । तर उनलाई पेरिसबाट पनि निकाला गरिएपछि १९४६ मा ब्रसेल्स गई अर्थशास्त्रको अध्ययन गर्न थाले । त्यहीँ उनले ‘कम्युनिस्ट लिग’ खोले । सन् १८४८ मा उनको ‘कम्युनिस्ट घोषणपत्र’ प्रकाशित भयो । त्यो कृति सर्वहारा वर्गको मुक्तिको बाटो बन्यो ।  

त्यही वर्ष फ्रान्समा दोश्रो राज्यक्रान्ति भयो । त्यसको स्रोत माक्र्सलाई नै ठानी बेल्जियमबाट पनि उनी निकालिए । सन् १८४८ मै उनले नयाँ राइन समाचार निकाले तर एक वर्षपछि नै सरकारले बन्द ग¥यो । सन् १८४९ मा जर्मनीबाट निष्काशित भए फेरि पेरिस गए, त्यहीँबाट लण्डन गए । त्यहाँ उनले कष्टपूर्ण प्रवासी जीवन बिताए । घर खर्च, भाडा पनि थिएन उनीसँग । कैयौं दिन केवल आलु र पाउरोटी खाएर दिन काटे उनले । बच्चाको औषधोपचार गर्न सकेनन्, पाँचौ छोरी जन्मिएर मरिन् तर कात्रोसम्म किन्ने पैसा थिएन उनीसँग । छिमेकीले दुई पौण्ड सहयोग गरे । यस्तो अवस्थाबाट पनि माक्र्स विचलित भएनन् । 

सन् १८६७ मा पुँजीको प्रथम खण्ड पूर्णरूपले समाप्त गरे । सन् १८६४ मा ‘अन्तर्राष्ट्रिय मजदुर संघ’ को स्थापना गरेका उनलाई आर्थिक संकट प¥यो । पुँजीको दोश्रो खण्ड सुरm गरेको भएपनि अन्तर्राष्ट्रिय मजदुर संघलाई धेरै समय दिए । सन् १८७१ मा पेरिसमाथि मजदुरहरूले शासन कब्जा गरेर पेरिस कम्युनको स्थापना गरे । माक्र्सको सिद्धान्तले पहिलोपटक पेरिसमा साकार रूप लियो । संसारमा पहिलोपटक धर्मको नाममा हुने शोषणलाई अन्त गरिदियो । जनतालाई रोजीरोटी दियो, तर त्यसको ७२ दिनपछि पेरिस कम्युनको हार भयो । जसले माक्र्सलाई ठूलो चोट पुग्यो । उनले पुँजीको दोश्रो र तेस्रो खण्ड समाप्त गर्न सकेनन् ।

२ डिसेम्बर १८८१ मा क्यान्सरले जीवनसंगिनी जेनी माक्र्स मरिन् । जसले उनलाई झन् गहिरो चोट प¥यो । त्यसमाथि जेठी छोरोको पनि मृत्युपछि चारैतिरको चिन्ताले उनलाई आक्रमण ग¥यो ।

माक्र्स आफ्ना किताब र पत्रपत्रिकाहरू कसैलाई पनि मिलाउने वा राखेका ठाउँमा बिगार्ने अनुमति दिंदैनथे । बाहिरबाट अव्यवस्थित देखिएपनि उनी ती किताबहरू एकदम मिलाएर राख्थे । कसैसँग कुराकानी गर्दा पनि उल्लेख गरेका भनाई वा अंक किताबमा देखाउन उनी बारम्बार रोकिन्थे । उनी भन्थे ‘किताबहरू मेरा दासहरू हुन् र मेरो इच्छाअनुसार तिनीहरूले मेरो सेवा गर्नुपर्छ ।’ पढ्दा पुस्तकमा अण्डरलाइन गर्थे, जसले गर्दा चाहिएको अंश पाउन सजिलो हुन्थ्यो । पढेका कुराहरू नोटबुकमा लेख्थे । उनको आदर्श वाक्य थियो ‘हरेक कुरामा शंका गर ।’ 

माक्र्सलाई हाइने र गोयथेका रचना कण्ठस्थ थियो । सेक्सपियरप्रति उनको असीम सम्मान थियो । समयसमयमा कुर्सीमा बसी उपन्यास पढ्थे । कहिलेकाँही त एकैचोटी पालैपालो दुई वा तीन ओटा उपन्यास पढ्थे । उनी सबै युरोपेली भाषामा पढ्न सक्थे । तीन वटा भाषा जर्मन, फ्रेन्च र अंग्रेजीमा त लेख्न नै सक्थे । उनी ५० वर्ष पुग्दाखेरि रmसी भाषाको अध्ययन थाले । ६ महिनाभित्रै रmसी कवि र गद्य लेखकहरूको कृति पढेर आनन्द लिन सक्ने भए ।

उनी गणितमा चुर्लुम्मै डुबुल्की मार्थे । गणितप्रति उनको विशेष लगाव थियो । धुमपान भने ज्यार्दै गर्थे, छिटोछिटो पाइप वा सिगार खाँदाखाँदै बिर्सन्थे, र फेरि सल्काउँथे । छोटो समयमै कल्पनै गर्न नसकिने हदको संख्यामा सलाइका बट्टाहरू सकाउँथे सिगार वा पाइप सल्काएर ।

माक्र्स निकै ढिला सुत्थे, बिहान ८ बजेसम्ममा उठ्थे । त्यसपछि सादा कफी खाई समाचारपत्र पढ्थे, अध्ययनमा लाग्थे । दिनको ३ बजेसम्म अध्ययनमै लीन हुन्थे । युवाकालमा त रातमा समेत काम गरेकोग¥यै गर्थे । कामप्रति विशेष अनुराग थियो उनको । अध्ययनमा यति डुब्थे कि खाना खान नै बिर्सन्थे । त्यसका लागि बोलाउनै पथ्र्यो । शारीरिक व्यायाममा उनको रोजाई हिँड्नु थियो ।

उनी सूचनाको लागि सधैं स्रोतसम्मै पुग्थे, चाहे त्यो प्रक्रिया जतिसुकै दिक्कलाग्दो किन नहोस् । सानो तथ्य सुनिश्चित गर्न समेत ब्रिटिस म्युजियम लाइब्रेरी गई किताब पल्टाउँथे । उनी हेलचेक्र्याँई गर्ने खालका कदापि थिएनन् ।

परिवारमा पनि उनी असाध्यै रमाउँथे । उनी एक मायालु, सहृदयी र अरूको आनन्दमा रमाउने पिता थिए । उनी हैकम लाद्ने खालका थिएनन् । छोराछोरीलाई साथीको व्यवहार गर्थे, घण्टाँै उनीहरूसँग खेल्थे । छोराछोरीहरूलाई आफैंले रचेको कहिल्यै नटुगिंने कथा हाल्थे । उनी अत्यन्त अद्वितीय उर्वर कल्पनाशक्तिका धनी थिए । आफ्नी श्रीमतीको बौद्धिकता र आलोचनात्मक चेतनाप्रति उनको यति ज्यादा सम्मान थियो कि उनी आफ्नो सम्पूर्ण पाण्डुलिपी जेनीलाई देखाउँथे ।

माक्र्स आफ्नै कुर्सीमा सदाको लागि चीर निद्रामा सुते । १६ मार्च १८८३ मा लण्डनको हाइगेट सेमिट्रीमा उनको पत्नीको समाधिनेर उनको अन्त्येष्टि गरियो । उनका मित्र एंगेल्सले समाधि छेउमा बसी भाषण गरी भविष्यवाणी गरेका थिए – ‘उनको नाम युगौंयुगसम्म अमर रहनेछ, उनका कृति पनि अमर रहने छन् ।’

माक्र्सको जीवनमा एंगेल्सको नाम जोड्नैपर्छ । एंगेल्स जसले माक्र्सलाई पूर्णतातिर डो¥याए । एंगेल्सबिना माक्र्स ‘माक्र्स’ हुने थिएनन् । 

हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई संश्लेषण गरेर तिनका कमीकमजोरी हटाई माक्र्सले द्वन्द्वात्मक भौतिकवादको विकास गरे । उनी दर्शनलाई संसारको व्याख्या गर्न नभई संसार बदल्नमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्थे, व्यवहारमा त्यही प्रयत्न गरे । आफ्नो दर्शनलाई व्यावहारिक दर्शनको रूपमा विकसित गरे । जीवनभर महान क्रान्तिकारीको रूपमा अडिग भई टिकिरहे, प्रतिपादित सिद्धान्तलाई व्यवहारमा उतार्न लागिपरे । उनको साम्यवाद वा वैज्ञानिक समाजवादको मुख्य केन्द्रबिन्दु अरू कोही नभई केवल मान्छे र मान्छेको मुक्ति नै थियो । 

अतिरिक्त मूल्य सिद्धान्तले मजदुरहरूको श्रमको शोषण कसरी हुन्छ ? भन्ने तथ्य एवं पुँजीपतिको नाफा र बढ्दो धनाढ्यताको असली मुहान पत्ता लगाई उनले पुँजीवादी भ्रमको पर्दालाई च्यातचुत पारे । मानव इतिहासको विकासको वैज्ञानिक नियम संसारमै पहिलोपटक प्रतिपादन गरे । पुँजीपतिहरूको शोषणको मुखुण्डो उतार्ने माक्र्सको ‘पुँजी’ स्वयं माक्र्सको शब्दमा बुर्जुवा र जमिन्दारको टाउकोमा लक्षित अणुबम थियो । वैचारिक हतियार थियो । कम्युनिस्ट घोषणापत्र शोषित, पीडित वर्गको हतियार नै बन्यो । मानवमुक्तिको प्रस्तावना बन्यो ।

माक्र्सले सारा युरोप थर्काए । उनी मानव र मानवमुक्तिकै सङ्घर्षमा बाँचे, श्रद्धेय रूपमा मरे । उनका असंख्य विरोधीहरू भएपनि व्यक्तिगत शत्रु भने सायदै थिए । उनले जीवनभर अनेक आलोचना, गाली खेपे, गरिबी र पीडाको बोझ उठाए, पारिवारिक दुःखको क्रूरतम रूप झेले । त्यसैले आज माक्र्स व्यक्ति हैन जनताको संस्था बन्न पुगेका छन् । सर्वहारा वर्गका गुरm बन्न पुगेका छन् । र त ‘संसारका मजदुरहरू एक होऔं’ भन्ने उनको नारालाई संसारभरका अनगिन्ती शोषितपीडित जनताले आज पनि पछ्याइरहेका छन् ।

एकजना उग्र बुर्जुवा एडवार्ड स्पेन्सर विस्लीले समेत माक्र्सको मृत्युमा शोक व्यक्त गर्दै लेखेका थिए – ‘उनी उल्लेखनीय व्यक्ति थिए । उनको विचारसँग सहमत नभएपनि उनको सदिच्छाको उच्च मूल्यांकन गर्दै उनीप्रति सम्मान र आदर व्यक्त गर्दछु ।’

गएको हजार वर्षमा दोश्रो सहस्राब्दीमा महामानवको सूचीमा युगान्तकारी र प्रभावशाली मानव थिए – माक्र्स । सारा संसारमा माक्र्सको विचारले जति अरू कुनै विचारले प्रभावित पार्न सकेको छैन । पुँजीवादी र साम्राज्यवादी संचारमाध्यम बीबीसीले समेत माक्र्सलाई नै गत सहस्राब्दीको सबभन्दा महान चिन्तक ठह¥याएको छ । माक्र्सवादका प्रणेता उनको मृत्यु १४ मार्च १८८३ मा भयो । (एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस