कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गरियोस : काँग्रेस सभापति देउवा

शुक्रबार, १९ बैशाख २०७७, १० : ०५
कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गरियोस : काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भनेका छन्–‘कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनले श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा झन कष्टकर हुन पुगेकोले तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा  सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस