काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ ।
सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।
डब्लुएचओका प्रमुखले पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् ।
अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए । कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।
एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपहरुको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ । स्रोत : रोयटर्स
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप