समाजवादी पार्टी र राजपाबीच एकताको चर्चा सुरु

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०७७, १९ : ३३
समाजवादी पार्टी र राजपाबीच एकताको चर्चा सुरु

काठमाडौं । समाजवादी पार्टी र राजपाबीच फेरि एकताको चर्चा सुरु भएको छ । यी दुई पार्टीबीच एकताको चर्चा हुँदै आएपनि एकता भने भ्यागुताको धानीजस्तै भएको सन्दर्भमा फेरि एकताको चर्चा सतहमा आएको हो ।

 केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यएसँगै दुई पार्टीबीच एकताले चर्चा पाएको हो । नेकपाले समाजवादी र राजपासमेत फुटाउने षड्यन्त्रका साथ अध्यादेश ल्याएको बुझाइका साथ यी दुई दल नेकपाको योजना असफल पार्न एकताका लागि छलफलमा जुटेको स्रोतको भनाइ छ ।

‘हामी छलफलमै छौं, अहिले थप कुरा बोल्न सकिँदैन’, राजपाका एक नेताले भने, ‘अहिले यति भन्न सकिन्छ, ओली र नेकपाको षड्यन्त्र सफल हुँन दिँदैनौं ।’
उनका अनुसार दुई पार्टीबीच एकताको विषयमा गम्भीर छलफल भइरहेको छ र छिट्टै यसले आकार लिनेछ ।

प्रतिक्रिया दिनुहोस