‘चीनसँग व्यापार युद्ध शुरु भएको बेला कोरोना कसरी फैलियो’ : ट्रम्प

बुधबार, १० बैशाख २०७७, ०७ : ४९
‘चीनसँग व्यापार युद्ध शुरु भएको बेला कोरोना कसरी फैलियो’ : ट्रम्प

एजेन्सी । चीनको वुहान शहरबाट उत्पती भएको कोरोना भाइरस कहां, कसरी र किन फैलिएको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यो बेलाको कुरा अहिले आएर गर्न थालेका छन् । 

ट्रम्पले भनेका छन्, ‘कोरोनाभाइरस यस्तो समयमा फैलिएको हो जब चीनसँग व्यापारयुद्ध सुरु भएको थियो ।’उनले चीनमाथि आफूजस्तो कडा नीति कसैले पनि नअपनाएको बताएका छन् । कोरोना भाइरसको उत्पतीको विषयलाई चीन र अमेरिका दुवै राष्ट्रले एकअर्कालाई लिएर आरोप प्रत्यारोप चलिरहेकै बेला ट्रम्पले भनेका छन्, ‘थाहा छैन, अचानक बीचमा कहाँबाट यो अदृश्य दुश्मन आयो ।

मलाई लाग्छ कि यो कहाँबाट आयो हामीलाई थाहा छ । हामी यो बारेमा कुरा गर्नेछौं । सायद धेरै नै ।’ विश्वव्यापी रुपमा महामारीको रुप लिंदै गएको कोरोना भाइरसले अहिले सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । कोरोनाकै कारण अहिले सम्म ४२ हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।


 

प्रतिक्रिया दिनुहोस