जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी पास वितरण कार्य बन्द

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०७७, १३ : ०२
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी पास वितरण कार्य बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ । 

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस