काठमाडौँ । सोमबार राती अचानक खबर फैलियो, देशकै राजधानी काठमाडौँको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयो । धेरै पढेलेखेका सहरका सभ्य मानिसले समयमै परिक्षण गर्छन् । लापरवाही गर्दैनन् भन्ने मान्यता विपरित धेरै नागरिकलाई त्यो खबरले रनभुल्लमा पा¥यो ।
ढिला गरी भएको पक्षिणको बारेमा रातमा सरकारी स्रोतले समेत मात्र आशंका रहेको खबर दियो । पुष्टि भएको खबर मंगलबार धुवाँसरी सार्वजनिक भयो । तर काठमाडौँबासीको मुटमा भने सोमबार रातीदेखि नै त्रासको ढ्याङ्ग्रो बज्यो । अब के हुने ? यो संक्रमणले कतिलाई गाँज्ने हो ? भन्ने बहस हरेक बस्तीमा चल्न थालेको छ । यस घटनासँगै लकडाउन बढ्ने आंशकालाई सरकारले वास्तविकतामा बदलेर मंगलबार बैशाख २१ गतेसम्म पुर्यायो ।
¥यापिड टेस्ट किटले तीनजनामा देखाएको संक्रमण टेकुको पीसीआर टेष्टले दुइ जनामा परिणत गर्यो । अझै एकको परिक्षणको रिपोर्ट आउन बाँकी छ । तर देशकै मुटुमा बज्रेको ढ्याङ्ग्रोको चोट कम भएको छैन् । अहिलेसम्म राजधानी बाहिर देखिएको संक्रमणको लस्कर लण्डनबाट सिधै काठमाडौँ छिरेको निकै ढिलोमात्र पत्तो लागेको हो । यसअघि अनामनगरकी फ्रान्सबाट आएकी य्ुवतीमा कोरोना संक्रमण भेटिएको थियो ।
गएको चैत ५ गते कतार एयरवेजको फ्लाइट नम्बर ६४४ हुँदै लण्डनबाट राजधानी उत्रिएको बिमानमा थिए यि तीनजना । जहाँ प्रहरीका अनुसार १ सय ५३ जना यात्रु थिए । प्रहरीले खोजेर सबैलाई क्वारेन्टाइनमा राख्न पहल गरीरहेको छ । तर ढिला गरी भएको यो पहलले कतिजनालाई कोरोना सारिसक्यो त्यसको लेखाजोखा हुन बाँकी नै छ ।
कुन कुन जिल्लामा कुन कुन माध्यमहुँदै कतिलाई सार्दै गाउँ र शहर पुगे त्यसको पत्तो पनि धेरैलाई छैन् । हाल संक्रमित रहेको अपार्टमेन्टमा रहेका ४ सय जनाकै परिक्षण थालिएको छ । अपार्टमेन्ट सिलबन्दी गरेर सरकारले सुरक्षा दिइरहेको छ । हालसम्म त्यहाँ कतिले ओहोरदोहोर गरे । अनि कता कताको बस्तीमा कोरोना भाइरस पुग्यो त्यो अझ डरलाग्दो बिषय बनेको छ । शंकाको डोरी समाउदै लक्षित व्यक्तिसम्म पुग्दा ढिला भएर धेरैमा फैलन सक्ने आशंकाले राजधानीबासी त्रसित छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले उच्च सतर्कता अपनाएर काम गरीरहेको जानकारी बारम्बार दिनुभएको छ । तर देशको मुटुमै भाइरसको संक्रमण ओहोरदोहोर भईरहकोमा सरकारले समेत ढिलोमात्र थाहा पाउन सकेको देखिन्छ । यसरी ढिलागरी संक्रमित पहिचान हुनुमा विदेशबाट आएपछि घरभित्रै लुकेर बस्ने कारक हुन् । जसले आफू आफ्ना परिवार र समुदायकै जीवन संकटमा पारेका छन् ।
काठमाडौँमा सोमबारसम्म कम त्रस्त मानिसहरुमा मंगलबारदेखि दोब्बर भय बढेको छ । अन्य दिनजस्तो बिहान वा अपराह्न यहाँका सडकमा मानिसको किनमेल समेत कमजोर बनेको छ । अझै त्यसरी विदेशबाट आएर चुपचाप घरमा बसेका धेरै छन् । जसले चौध वा पन्द्रह दिनसम्म आफै बाठो भएर कोरोना भाइरसको लक्षण कुरिरहेका छन् । अनि आफ्ना परिजनसँगै बाहिर समुदायमा फैलाउँदैछन् ।
उता भारतीय नाकाको चोरबाटो हुँदै आउनेका कारण पनि सीमा छोएका जिल्लामा कोरोना भाइरस सल्कन थालेको छ । कतिपय त्यसरी आएकाहरु वस्तीभित्रै जथाभावी छरिदा कहर बढ्ने आशंका गरीएको छ । कतिपयले आफूसँग आएको थरठेगाना नबताउने र कतिपयले आफ्नै पनि झुठो विवरण दिने गरीरहेका छन् । बिहारमा बढ्दै गएको संक्रमणको भयले त्यहाँको चोरबाटो हुँदै दैनिकजसो नै भारतीय नागरिक नेपालका वस्तीमा पस्दैछन् ।
प्रहरीका अनुसार १४ जनाको समूहमा नेपाल छिरेकाहरु सुनसरीको दुहबी, सदरमुकाम इनरुवा हुँदै सप्तरीको बोदेबरसाइन स्थित जाजरमा मुस्लिम सम्मेलनमा सहभागी थिए । रौतहट हुँदै पर्सा पुगेका थिए । उता बिरगंजमा संक्रमित फेला परेको क्वारेन्टाइनमा रहेका अन्य ११ जना परिक्षण नगरी लापवाहीपूर्वक घर फर्कनु अर्को चुनौती बनेको छ । तिनीहरु चोरबाटो हुँदै नेपाल छिरेका थिए । हालसम्म एकाधहुँदै १६ जनामा नेपालका कोरोना भाइरसका संक्रमित पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट