कोरोना संक्रमित भेटिएसंगै राजधानीबासीमा बढ्यो त्रास

मुलुकमा बढ्दो छ कोरोना संक्रमण जोखिम

बुधबार, ०३ बैशाख २०७७, ०९ : २४
कोरोना संक्रमित भेटिएसंगै राजधानीबासीमा बढ्यो त्रास

काठमाडौँ । सोमबार राती अचानक खबर फैलियो, देशकै राजधानी काठमाडौँको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयो । धेरै पढेलेखेका सहरका सभ्य मानिसले समयमै परिक्षण गर्छन् । लापरवाही गर्दैनन् भन्ने मान्यता विपरित धेरै नागरिकलाई त्यो खबरले रनभुल्लमा पा¥यो । 

ढिला गरी भएको पक्षिणको बारेमा रातमा सरकारी स्रोतले समेत मात्र आशंका रहेको खबर दियो । पुष्टि भएको खबर मंगलबार धुवाँसरी सार्वजनिक भयो । तर काठमाडौँबासीको मुटमा भने सोमबार रातीदेखि नै त्रासको ढ्याङ्ग्रो बज्यो । अब के हुने ? यो संक्रमणले कतिलाई गाँज्ने हो ? भन्ने बहस हरेक बस्तीमा चल्न थालेको छ । यस घटनासँगै लकडाउन बढ्ने आंशकालाई सरकारले वास्तविकतामा बदलेर मंगलबार बैशाख २१ गतेसम्म पुर्यायो । 

¥यापिड टेस्ट किटले तीनजनामा देखाएको संक्रमण टेकुको पीसीआर टेष्टले दुइ जनामा परिणत गर्यो । अझै एकको परिक्षणको रिपोर्ट आउन बाँकी छ । तर देशकै मुटुमा बज्रेको ढ्याङ्ग्रोको चोट कम भएको छैन् । अहिलेसम्म राजधानी बाहिर देखिएको संक्रमणको लस्कर लण्डनबाट सिधै काठमाडौँ छिरेको निकै ढिलोमात्र पत्तो लागेको हो । यसअघि अनामनगरकी फ्रान्सबाट आएकी य्ुवतीमा कोरोना संक्रमण भेटिएको थियो । 

गएको चैत ५ गते  कतार एयरवेजको फ्लाइट नम्बर ६४४ हुँदै लण्डनबाट राजधानी उत्रिएको बिमानमा थिए यि तीनजना । जहाँ प्रहरीका अनुसार १ सय ५३ जना यात्रु थिए । प्रहरीले खोजेर सबैलाई क्वारेन्टाइनमा राख्न पहल गरीरहेको छ । तर ढिला गरी भएको यो पहलले कतिजनालाई कोरोना सारिसक्यो त्यसको लेखाजोखा हुन बाँकी नै छ । 

कुन कुन जिल्लामा कुन कुन माध्यमहुँदै कतिलाई सार्दै गाउँ र शहर पुगे त्यसको पत्तो पनि धेरैलाई छैन् । हाल संक्रमित रहेको अपार्टमेन्टमा रहेका ४ सय जनाकै परिक्षण थालिएको छ । अपार्टमेन्ट सिलबन्दी गरेर सरकारले सुरक्षा दिइरहेको छ । हालसम्म त्यहाँ कतिले ओहोरदोहोर गरे ।  अनि कता कताको बस्तीमा कोरोना भाइरस पुग्यो त्यो अझ डरलाग्दो बिषय बनेको छ । शंकाको डोरी समाउदै लक्षित व्यक्तिसम्म पुग्दा ढिला भएर धेरैमा फैलन सक्ने आशंकाले राजधानीबासी त्रसित छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले उच्च सतर्कता अपनाएर काम गरीरहेको जानकारी बारम्बार दिनुभएको छ । तर देशको मुटुमै भाइरसको संक्रमण ओहोरदोहोर भईरहकोमा सरकारले समेत ढिलोमात्र थाहा पाउन सकेको देखिन्छ ।  यसरी ढिलागरी संक्रमित पहिचान हुनुमा विदेशबाट आएपछि घरभित्रै लुकेर बस्ने कारक हुन् । जसले आफू आफ्ना परिवार र समुदायकै जीवन संकटमा पारेका छन् ।

काठमाडौँमा सोमबारसम्म कम त्रस्त मानिसहरुमा मंगलबारदेखि दोब्बर भय बढेको छ । अन्य दिनजस्तो बिहान वा अपराह्न यहाँका सडकमा मानिसको किनमेल समेत कमजोर बनेको छ ।  अझै त्यसरी विदेशबाट आएर चुपचाप घरमा बसेका धेरै छन् । जसले चौध वा पन्द्रह दिनसम्म आफै बाठो भएर कोरोना भाइरसको लक्षण कुरिरहेका छन् । अनि आफ्ना परिजनसँगै बाहिर समुदायमा फैलाउँदैछन् । 

उता भारतीय नाकाको चोरबाटो हुँदै आउनेका कारण पनि सीमा छोएका जिल्लामा कोरोना भाइरस सल्कन थालेको छ । कतिपय त्यसरी आएकाहरु वस्तीभित्रै जथाभावी छरिदा कहर बढ्ने आशंका गरीएको छ ।  कतिपयले आफूसँग आएको थरठेगाना नबताउने र कतिपयले आफ्नै पनि झुठो विवरण दिने गरीरहेका छन् । बिहारमा बढ्दै गएको संक्रमणको भयले त्यहाँको चोरबाटो हुँदै दैनिकजसो नै भारतीय नागरिक नेपालका वस्तीमा पस्दैछन् । 

प्रहरीका अनुसार १४ जनाको समूहमा नेपाल छिरेकाहरु सुनसरीको दुहबी, सदरमुकाम इनरुवा हुँदै सप्तरीको बोदेबरसाइन स्थित जाजरमा मुस्लिम सम्मेलनमा सहभागी थिए । रौतहट हुँदै पर्सा पुगेका थिए । उता बिरगंजमा संक्रमित फेला परेको क्वारेन्टाइनमा रहेका अन्य ११ जना परिक्षण नगरी लापवाहीपूर्वक घर फर्कनु अर्को चुनौती बनेको छ ।  तिनीहरु चोरबाटो हुँदै नेपाल छिरेका थिए । हालसम्म एकाधहुँदै १६ जनामा नेपालका कोरोना भाइरसका संक्रमित पुगेका छन् ।