लकडाउन वैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय

मंगलबार, ०२ बैशाख २०७७, १५ : ०९
लकडाउन वैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

चैत ११ गतेदेखि नेपाल लकडाउनमा छ । भोली लकडाउनको समय सकिंदै थियो । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । 
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् ।

त्यस्तै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।