बाजुरा। जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो ।
गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाउनुभयो । आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हालसम्म ६ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
घरमै सुत्केरी भए कालो टीका !
जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु
भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया
बागलुङमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै जान्छ सुत्केरीको ज्यान