कोरोना संक्रमित बिरामीलाई लक्षित गरि नवलपरासीमा एम्बुलेन्स क्याबिन

शुक्रबार, २८ चैत्र २०७६, ०८ : ५२
कोरोना संक्रमित बिरामीलाई लक्षित गरि नवलपरासीमा एम्बुलेन्स क्याबिन

कावासोती । पूर्बि नवलपरासीको कावासोती नगरपालिकाले चालकलाई संक्रमणबाट जोगाउन एम्बुलेन्समा क्याबिन बनाउन थालिएको छ । कोरोना संक्रमित बिरामी बोक्दा सुरक्षित राख्न आल्मुनियमको पार्टेसन बनाइएको हो ।

बिहीबार यस्ता दुई एम्बुलेन्समा पार्टेसन तयार पारिएको कावासोती नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मी चढ्ने गाडीमा पनि त्यस्तो व्यवस्था गरिने भएको छ ।

कावासोती नगरपालिकाको सुचना अधिकारी पवन रूपाखेतीले सरकारले तोकेको मापदण्ड अनुसार पार्टेसन गरेर क्याबिन बनाइएको बताए ।

कावासोती भित्रका ७ एम्बुलेन्समा एक साताभित्र सबैमा त्यस्तो व्यवस्था गर्ने तयारी छ । पूर्वी नवलपरासीमा भरपर्दो उपचार व्यवस्थाका अस्पताल नभएका कारण बिरामीलाई ३५ किलोमिटर पूर्व भरतपुर लगिन्छ ।

प्रतिक्रिया दिनुहोस