कोरोनाको आशंकामा गरिएको विभेद सहन नसक्दा भारतमा एक युवाले गरे आत्महत्या

सोमबार, २४ चैत्र २०७६, १० : ४२
कोरोनाको आशंकामा गरिएको विभेद सहन नसक्दा भारतमा एक युवाले गरे आत्महत्या

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको मानिस मानिस बिच विभेद हुने क्रमपनि शुरु भएको छ । त्यस्तै विभेदको शिकार भारतमा एक युवाले सहन नसक्दा आत्महत्या गरेका छन् ।   भारतको हिमाचल प्रदेशका उक्त युवाले आत्महत्या गरेका छन् ।

परीक्षणमा ती युवामा कोरोना भाइरस नेटेटिभ थियो तर उनीमा कोरोना संक्रमण रहेको भन्दै गाउँलेहरुले चरम विभेद गरेपछि आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । ३७ वर्षका मुहम्मद दिलशादले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

उनी केही दिन यता गाउँलेहरुको सामाजिक भेदभावको शिकार भएका थिए । हिमाचल प्रदेशका डिजिपी एस आर मर्दीले यसबारे पुष्टि गर्दै भने ‘दिलशादको कोरोना टेस्ट नेगेटिभ थियो तर उनी गाउँलेहरु सामाजिक भेदभावका शिकार भए ।’

दिलशादका भाइ गुलशन मुहम्मदले भने, ‘दिलशादकोे गल्ती यति मात्रै थियो कि उनी हालै तबलीगी जमातबाट फर्केका एक युवाको सम्पर्कमा आएका थिउ तर गाउँलेहरुले उनीमाथि मानवीय व्यवहार गरेनन् ।’ भारतमा पनि कोरोनाको संक्रमण दिन प्रति दिन बढ्दो छ । भारत सरकारले यसको संक्रमण रोक्न विभिन्न सतर्कताका उपाय अपनाएपनि मृत्युसंगै संक्रमणदर बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस