आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ

शनिबार, २२ चैत्र २०७६, ११ : ४५
आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ

ओखलढुंगा । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ आएको छ । 

भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि कोरोनाको आशंकामा गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको थियो । 

उनीहरुहरुको कोरोनो संक्रमणको आशंकामा बिहीबार स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा  उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख सुमन तिवारीले बताए । हाल १८ र १९ बर्षिय ती दुई युवतीहरुको स्वस्थ्य अवस्था समान्य रहेको छ ।

उनीहरुलाई आजै ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा ल्याउने तयारी गरिएको छ । जिल्लामा हाल १२ जना युवायुवती क्वारेन्टीनमा रहेका छन् ।