भारतको विभिन्न शहरबाट फकिएका ९ जनामा गरिएको कोरोना परिक्षणको नतिजा नेगटिभ

शनिबार, २२ चैत्र २०७६, १० : ४०
भारतको विभिन्न शहरबाट फकिएका ९ जनामा गरिएको कोरोना परिक्षणको नतिजा नेगटिभ

लहान । कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  भारतका विभिन्न शहरको जमातमा सहभागी भएर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ ।

कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका सबैलाई स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस