नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी) को प्रक्षेपण

शनिबार, २२ चैत्र २०७६, ०७ : ५१
नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी) को प्रक्षेपण

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ ।

शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको हो । कोरोना सङ्क्रमणले थप असर पु¥याएमा यस्तो वृद्धिदर अझ कम हुने बैङ्कको आकलन छ ।

पछिल्लो परिस्थितिबाट आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विपे्रषण घट्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ । यस्तो परिस्थितिमा औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले बताए ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस