इटालीमा एकैदिन ७६६ को मृत्यु, मृतकको संख्या १४ हजार ६६१

सफल खबर संवाददाता

शनिबार, २२ चैत्र २०७६, ०७ : २१

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट वितेको २४ घण्टामा इटालीमा सर्वाधिक ७६६ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा मृत्यु हुनेको संख्या १४ हजार ६६१ जना पुगेको छ । यस्तै युकेमा बितेको २४ घण्टामा ६८४ जनाको मृत्यु भइ जम्मा मृतक संख्या ३ हजार ६०५ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा अमेरिकामा ५३३, स्पेनमा ५८७, जर्मनीमा १०१, बेल्जिममा १३२ जनाको मृत्यु भएको छ । यस्तै नेदरल्याण्डमा पनि १४८ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म विश्वभर कोरोनाबाट ५६ हजार बढीको मृत्यु भइसकेको छ।