कोरोना नियन्त्रण कार्यदलद्धारा पिपिई अस्पतालहरुलाई हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, २१ चैत्र २०७६, १७ : २१
कोरोना नियन्त्रण कार्यदलद्धारा पिपिई अस्पतालहरुलाई हस्तान्तरण

चितवन  ।  कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्दै गएको समयमा कोरोना नियन्त्रण कार्यदल भरतपुरले जिल्लामा रहेका अस्पतालहरुलाई व्याक्तिगत सुरक्षाका सामाग्री (पिपिई)हरु हस्तान्तरण गरेको छ । कार्यदलका संयोजक एबं भरतपुर महानगर प्रमुख रेनुदाहालले कार्यदललाई प्राप्त भएका पिपिई आज अस्पतालहरुलाई हस्तान्तरण गर्नु भएको हो । 

बिभिन्न संघ संस्थाद्धारा हस्तान्तरण गरिएका तथा महानगरले खरिद गरेर ल्याएका पिपिई जिल्लाका बिभिन्न अस्पतालहरु र प्रहरीलाई हस्तान्तरण गरिएको हो ।  सो अबसरमा दाहालले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक सय थान, चितवन मेडीकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेलाई ५० थान, कलेज अफ मेडीकल साईन्सेजका निर्देशक डा. मनोहर प्रधानलाई ५० थान, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुवरलाई ६० थान, भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्लाई १० थान हस्तान्तरण गनुभएको हो । 

सामाग्री हस्तान्तरण गर्दै संयोजक दाहालले अहिलेको समय सरकारी र नीजि सबैको समान दायीत्व भएको भन्दै कार्यदलले हेर्ने दृष्टिकोण पनि समान रहेको बताउनुभयो । कोरोना भाईरस रोकथामको यस अभियानमा सरकारी संगै नीजि अस्पतालहरुले सहयोग गर्दै आएको भन्दै सबै प्रती आभर प्रकट गर्नुभयो ।

उहाँले नीजि स्वास्थ्य संस्थाहरुलाई अहिलेको परिस्थितिमा सरकारको निर्देशन अनुरुप बिरामीको भर्ना गर्न र उपचारमा संलङ्न हुन आग्रह गनुभयो । 

प्रतिक्रिया दिनुहोस