कोरोना परिक्षण अब चितवनमै हुने

शुक्रबार, २१ चैत्र २०७६, १० : ३७
कोरोना परिक्षण अब चितवनमै हुने

चितवन । विश्व व्यापी रुपमा महामारीको रुप लिदै गएको कोरोना भाइरसको परिक्षण अब चितवनमा पनि हुने भएको छ ।

हिजो बिहिबार कोरोना परिक्षणको लागि स्थलगत अनुगमनमा खटिएको प्राविधिक टोलीले चितवनमा कोरोना परिक्षण प्रयोगशाला राख्ने निर्णय गरेको हो ।

प्रयोगशाला भने भरतपुर स्थित बाइपास रोडमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको परिसरमा राखिने भएको छ । देशकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको अति संवेदनशिल स्थान रहेकाले प्रयोगशाला स्थापना गरिएको बताईएको छ । 


 

प्रतिक्रिया दिनुहोस